७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज सभामुखको उम्मेदवारी दर्ता, भोलि निर्वाचन




काठमाडौं
४ माघ । आज प्रतिनिधिसभाको सभामुखको उम्मेदवारी दर्ता हुने भएको छ । संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
संसद सचिवालयले साडे ४ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ । भोलि विहान ११ बजे बस्ने बैठकले सभामुख निर्वाचनमार्फत छनौट गर्दैछ ।
नेकपा एमाले र माओवादी केन्द्रसँगै सानादलहरुबीच गठबन्धन भएपछि सत्ता राजनीति रोच कबनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि विपक्षी दल नेपाली काँग्रेसले समेत मत दिएपछि सभामुख, उपसभामुख,उपराष्ट्रपति र राष्ट्रपति पदमध्ये कुनै पद नेपाली काँग्रेसले पाउने सम्भावना रहेको अनुमान राजनीति बृत्तमा चर्चा छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।