९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ग्वार्कोमा मोटरसाइकलको ठक्करपछि बृद्धको मृत्यु, उनकी छोरी घाइते



काठमाडौं
४ माघ । ललितपुरको ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ७ ग्वार्को पेट्रोल पम्पस्थित सडकमा बा.८४ प ६५५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका७ ग्वार्को घर भएका ७१ वर्षीया सन्तु महर्जनको मंगलबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएकी उनकै छोरी ४० वर्षीया मिना महर्जनको सोही अस्पतालमा उपचार भइरेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ४२ बजे