९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



प्रतिकात्मक तस्बिर

काठमाडौं, ४ माघ । काठमाडौंको गोकर्णेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। गोकर्णेश्वर–५ शिवचोकमा बा. ८६ प ९७६५ नम्बरको मोटरसाइकललाई यूपी ७८ एफसी १८४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका मोटरसाइकल चालक रामेछाप उमाकुण्ड गाउँपालिका–७ घर भएका २६ वर्षीय स्माइल सुनुवारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ०० बजे