९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीबाट ललितपुर २७ वडा कार्यालयको सिसिटिभि नै चोरी




ललितपुर
४ माघ । ललितपुरको सुनाकोठीस्थित ललितपुर महानगरको २७ वडा कार्यालयबाट सिसिटिभी क्यामेरा नै चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित २७ नम्बर वडा कार्यालयबाट करिब २ लाख ८७ हजार रूपैयाँ बराबरको कम्प्युटर, सिसि क्यामेरा मोनिटर, प्रिन्टरलगायतको सामान र सोही वडा कार्यालयको भवनमा रहेको हेल्थ पोस्टबाट करिब १ लाख ३० हजार बराबरको ल्यापटप, कम्प्युटर, बीपी सेट लगायतको सामान चोरी भएको छ ।
उक्त भवनको झ्याल खुला रहेको अवस्थामा अपरिचित व्यक्तिहरुभित्र प्रवेश गरी उक्त सामान चोरी गरेका हुन् । चोरीको सूचनापछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी घटनास्थलमा पुगी आवश्यक अनुसन्धान गर्नुका साथै चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ११ : ४० बजे