९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हरिसिद्धिबाट टिकटकमार्फत जुवा खेलाएको आरोपमा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

५ माघ । ललितपुरको हरिसिद्धि बस्ने एक युवक टिकटकबाट जुवा खेलाएको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनसार टिकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रूकुम (पूर्वी) पुथा गाउँपालिका ५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई आफूले लाभ लिने उद्देश्य राखी टिकटकमा लाईभमार्फत् रकमको वाजी
राख्न लगाई जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध
अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई टिकटक लाइभमार्फत जुवा
खेलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरु खोली दुइवटा ई–सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर
ललितपुर जावलाखेल पठाइएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ५ : २१ बजे