११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चोभार कार दुर्घटना: बेपत्ता खत्रीको शव बागमतीबाट निकालियो



काठमाडौं, ५ माघ । काठमाडौं कीर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।
पुस २ गते बा ५ च ५६५४ नम्बरको कार नदीमा खस्दा एकजना गम्भीर घाइते भएकी थिइन्। उनका श्रीमान बेपत्ता भएका थिए।
बेपत्ता राजकुमार खत्रीको शव बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो।
दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ खहरे वस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री वेपता भएका थिए।उनकी श्रीमती ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन्।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ६ : १४ बजे