२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिभिल मलमा एक युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुरमा उपचार हुँदै



प्रतिकात्मक तस्बिर

काठमाडौं
५ माघ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। बिहीबार बिहान सवा ११ बजे काठमाडौं महानगरपालिका–१६ का २९ वर्षीय विसङ गुरुङले  सिभिल मलको भुइँतलामा आफ्नै शरीमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

उनको शरीरको आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए। घटनालगत्तै पुगेको प्रहरी वृत्त जनसेवाको टोलीले गुरुङलाई उद्धार गरि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो। त्यसपछि उनलाई थप उपचारका लागि कीर्तिपुर मोडेल अस्पताल रेफर गरियो।

उनको अहिले कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेश मैनालीले बताए। गुरुङको अनुहार र शरीरका विभिन्न भागमा आगोले जलेको छ। उनको अवस्था मध्यम रहेको तथा आत्मदाह गर्न खोज्नुको कारण भने हालसम्म नखुलेको एसपी मैनालीले बताए। घटनाका विषयमा प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।