९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर नापी र मालपोतमा आकस्मिक निरीक्षण



ललितपुर, ५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र गुनासोरहित बनाउने प्रयासलाई कडाइका साथ कार्यान्वयन गरिने बताएका छन् ।
नापी र मालपोत कार्यालय ललितपुरको आज आकस्मिक निरीक्षण गर्दै उहाँले सेवाग्राहीले व्यक्त गरेका गुनासो हटाउन तथा सदाचारितासहितको प्रभावकारी सेवा प्रवाह मिलाउन निर्देशन दिए । सचिव रेग्मीको नेतृत्वमा मन्त्रालयका सहसचिव निराजन घिमिरे, नापी विभागका महानिर्देशक जनकराज जोशी र भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीसहितको निरीक्षण टोलीले कार्यालयको सेवा प्रवाहको स्थिति, अभिलेख व्यवस्थापनको अवस्था, हेल्प डेस्कको अवस्था र सेवाग्राही मैत्री कार्य वातावरण भए नभएको जानकारी लिएको थियो ।
उक्त टोलीले दुवै कार्यालयमा सेवाग्राहीसँग गरेको अन्तरक्रियामा सेवाग्राहीहरूले मालपोत र नापी कार्यालयले समन्वयात्मकरूपमा काम गर्नुपर्ने भन्दै बिचौलियाको कारणले अतिरिक्त रकम बुझाउनुपरेको गुनासो गरेका थिए । सेवाग्राहीले कार्यालयको सरसफाइमा ध्यान दिन सुझाव दिए ।
त्यसअवसरमा टोलीले नापीतर्फ हाल साविकको प्रक्रियालाई झन्झटमुक्त बनाउन र मालपोत कार्यालयले अनलाइन प्रणालीबाट सेवाग्राहीले विना झन्झट अतिरिक्त शुल्क नतिरी सेवा पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
यसैबीच सचिव रेग्मीले बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीको पहिचान गरी तत्काल बचत फिर्ता गराउने व्यवस्था मिलाउन सहकारी विभाग राष्ट्रिय सहकारी महासङ्घ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका पदाधिकारीलाई निर्देशन दिए । उनले सहकारी सङ्घ संस्थालाई सम्पत्ति शुद्धीकरण मुक्त क्षेत्र बनाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ०४ बजे