९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लोकन्थलीमा बसभित्र तास खेलिरहेका चार जना पक्राउ



भक्तपुर, ८ माघ ।  भक्तपुरको लोकन्थलीमा बसभित्र तास खेलिरहेका चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।  भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पाकिङ्ग गरिराखेको सैलुगेश्वरी काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको हो।

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीले उनीहरुको साथबाट ७१ हजार नगद र एक बुक तास पनि पक्राउ गरेको बताए। प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीकृष्ण थापाको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ०२ बजे