९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको लाकुरीभञ्ज्याङमा दुर्घटनाः चालक भुसालको मृत्यु



प्रतिकात्मक तस्बिर

ललितपुर
९ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका ९ लाकुरी भञ्ज्याङमा मोटर साइकलको दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार महालक्ष्मीमा बागमती प्रदेश ०२–०४० प १३२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलचालक अर्घाखाँची घर भई ललितपुर महानगरपालिका२ ईमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १ : ५७ बजे