काठमाडौं, ९ माघ । बहराइनको प्रतिष्ठित इसा अर्वाडबाट सम्मानित हुन लागेका नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बधाई दिएका छन्।
सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रमुख श्रेष्ठले उक्त पुरस्कारले चिकित्सा क्षेत्रमा डा. रुइतको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा कदर गरेको भन्दै बधाई दिएका हुन्।
हरेक दुई वर्षमा संसारभर मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थामध्ये छनोट गरि इसा अवार्ड प्रदान गरिन्छ। यस वर्ष नेपालले पाउँदा देशको परिचय अन्तर्राष्ट्रिय जगतमा थप फराकिलो भएको भन्दै महर्जनले खुसी व्यक्त गरे। १० लाख डलरको अवार्डले मुलुकभरका चिकित्सकमा ऊर्जा थपिएको महसुश गरेको प्रमुख श्रेष्ठले जानकारी दिए।
९ माघ २०७९, सोमबार
0
Shares
प्रतिक्रिया