९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठमा बसको ठक्करपछि चार बर्षीय वालिकाको मृत्यु




काठमाडौं
९ माघ । काठमाडौंको बुढानिलकण्ठमा बसको ठक्करपछि एक वालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित सडकमा बा.२ ख ६००६ नम्बरको बसको ठक्करबाट बुढानीलकण्ठ नगरपालिका–१३ स्थाई वतन भएकी सपना श्रेष्ठकी छोरी ४ वर्षीया आयुकी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १२ : ०१ बजे