९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरको स्वमूल्यांकन नतिजा : १०० मा ८५ अंक



ललितपुर, १० माघ । ललितपुर महानगरपालिकाले संस्थागत क्षमता स्वमूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक गरेको छ । जसअनुसार ८५ अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्यांकन सम्बन्धी नतिजा अनुसार १०० अंकमा ८५ अंक पाएको महानगरले जनाएको छ ।

महानगरलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार स्वमूल्यांकन गर्दा १० वटा विषयक्षेत्रहरुको अंकभार जोड्द १०० मा ८५ पाएको जनाएको छ । मन्त्रालयले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्यांकन गराउँदै आएको छ ।
स्वमूल्यांकन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका लागि विभिन्न विषय क्षेत्रहरु निर्धारण गरेको छ । ललितपुर महानगरले पनि उक्त कार्यविधि अनुसार चालु आवमा सम्पादन गरेका कार्यहरुको नतिजा सोमबार प्रकाशन गरेको हो ।

ललितपुर महागरले स्वमूल्यांकनमा सबैभन्दा धेरै अंक सामाजिक समावेशीकरणमा १० मा १० अंक नै दिएको छ । यस्तै वातावरण संरक्षण र विपद् व्यवस्थापनमा ९ मा ९ अंक नै दिएको छ ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ३२ बजे