१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पैसाको अभावमा उपचारबाट वञ्चित नहुने कार्यविधि बनाइरहेका छौं : स्वास्थ्य राज्यमन्त्री



काठमाडौं, १३ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताएकी छिन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै डा. कार्कीले संविधानले नै आकस्मिक स्वास्थ्य उपचारमा कुनै पनि नागरिक वञ्चित गर्न नहुने सुनिश्चता गरेको भए पनि लागू हुन नसकेको बताइन् । तर, स्वास्थ्यलाई मौलिक हकको रुपमा सुनिश्चित गर्नका लागि थप रणनीति र कार्यविधि बनाउन लागेको उनको भनाई छ ।

‘आजसम्म आकस्मिक सेवा सुनिश्चित भइनसकेको छैन । त्यसलाई सुनिश्चित गर्नका लागि आपतकालिन तथा आकस्मिक स्वास्थ्य सेवाका रणनीति कार्यविधि बनाउँदै छौं,’ डा. कार्कीले भनिन्, ‘अस्पतालले पहिला आकस्मिक सेवामा उपचार प्रक्रिया अगाडी बढाउनुपर्ने र त्यसपछि कुन-कुन प्रक्रिया अगाडी बढाउने भन्ने बिषयमा हामीले अभ्यास गरिरहेका छौं ।’

अस्पताललले स्वास्थ्य सेवा लिँदा फर्म भराउने अनि मात्रै उपचार गर्ने प्रक्रिया रहेको भन्दै त्यसलाई अन्त्य गरिने गर्नका लागि प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताइन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।