९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका सेफ ६० देशका प्रतिश्पर्धीसँग पाक कलामा प्रतिस्पर्धा गर्दै




ललितपुर
१४ माघ । नेपालको प्रतिनिधित्व गर्दै योङ सेफ ओलिम्पियाड’मा ललितपुरको एकेडेमी अफ क्युलिनरी आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्टमका विद्यार्थी सुज्ञान थापाले प्रतिस्पर्धा गर्ने भएका छन् । उनको प्रतिश्पर्धामा मेन्टरको भूमिकामा सेफ सूर्य महत् सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अघिल्ला प्रतिश्पर्धाहरुमा नेपालकका सेफहरुले विभिन्न अवार्ड जित्न सफल यस प्रतियोगितामा सन् २०२० मा नेपालको क्युलिनरी आर्टस् एन्डहस्पिटालिटी म्यानेजमेन्टका छात्रा शबी राजबाहकले बेस्टहाइजेनिक अवार्ड र राइजिङस्टार अवार्ड हात पारेका थिए । भने २०२१ मा यस कलेजका छात्र अभया लिम्बुले ६० रास्ट्रहरु मध्ये १०औं स्थान हासिल गर्दै बेष्ट किचन कट्स अवार्ड हासिल गरेका थिए ।
सन २०२२ मा यस कलेजका छात्र अजय पुनले बेष्ट हाइजिइन प्राक्टिक्स पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने यसै कलेजका प्रशिक्षक सूर्य महतले सबैभन्दा राम्रो मेन्टरको उपाधी पाएका थिए ।
यही माघ १५ गतेदेखी २१ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इन स्टिट्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) इन्डिया द्वारा आयोजित ‘योङ सेफ ओलिम्पियाड’सञ्चालन हुने भएको हो ।

कार्यक्रममा ‘एकेडेमी अफ क्युलिनरी आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले शुरू देखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ । अघिल्लो सिजनमा ईटलीले जितेको उक्त्त प्रतिस्पर्धामा फ्रान्स स्विजर्लण्ड्, मेक्सिको, क्यानडा, बेलाएत्, स्पेन्, सिङापुर तथा भारतलगायत संसारभरिका ५८ वटा राष्ट्रहरु सहभागी हुनेछन् । धेरै प्रतिस्पर्धी भएका हुनाले यो दिल्ली,बंगलौर, पुने, गोवा तथा हाइदरवादमा आयोजना गर्ने तयारी गरिएको छ ।
प्रतिस्पर्धी राष्ट्रहरुलाई ६ वटा समूहमा विभाजित गरिएको छ । उक्त बिभाजन अनुसार नेपाल प्रथम समूहमा पर्दछ । उक्त्त प्रतिस्पर्धाले संयुक्त राष्ट्र संघको ‘दिगो विकास लक्ष्य’ लाई प्रचार र प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमको उदघाटन २९ जनवरीमा हुनेछ भने नेपालले ३० जनवरीमा प्रतिष्पर्धा गर्नेछ । बिजेताहरु मध्ये प्रथम,द्वितीय र तृतियले क्रमशःस्वर्ण, रजतर कांस्य पदकका साथै ५ हजार ३,हजार र २ हजार अमेरिकी डलर नगद पनि प्राप्त गर्ने छन् ।
एकेडेमी अफ क्युलिनरी आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै सो संस्थाका अध्यक्ष अशेष महर्जनले युवा सफल भए मात्र रास्ट्र सफल हुने हुंदा पर्यटन होटल संचालनमा अब्बल जनसक्त्ती उत्पादन गर्ने उद्देश्यले सो प्रतिस्पर्धामा भाग लिन लागेको बताएका छन् । सो कार्यक्रममा मेन्टर सेफ सूर्य महत तथा प्रतिस्पर्धी बिद्यार्थीु सुज्ञान थापाले देशको नाम उज्ज्वल बनाउन हौसला प्राप्त भएकोे बताए । सो कार्यक्रममा बरिष्ठ सेफहरु सन्तोशशाह, गोबिन्द नरसिंह केसी, रत्न बहादुर थापा, लक्ष्मण भण्डारी, बिक्रम थापा तथा भावी खनालले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ’टिमुर’ नामक पुस्तकका लेखक प्रशान्त खनालले पनि आफ्नो मन्तब्य राखेका थिए ।
एकेडेमी अफ क्युलिनरी आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्टस नामको कार्सका साथ सञ्चालनमा आएको हो । उक्त कोर्सबाट अहिलेसम्म १००० भन्दा बढी नेपाली युवालाई रोजगारको बाटो देखाउन र करियरअगाडि बढाउन सहयोग पुग्दै आएको छ। उक्त कलेजले डिप्लोमा इन कलिनरि आर्ट्स (१वर्ष), बिएचएम(४वर्ष),बिबिए (४वर्ष), रएमबिए (२वर्ष) काकार्यक्रम मार्फत नेतृत्व र उद्यमशीलता केन्द्रीत पठन–पठन गराउंदै आएको छ ।
९वौ ंसंस्करणको उक्त्त प्रतिस्पर्धाबाट विश्व सामु खानाको माध्यमबाट नेपाललाई चिनाउन ‘एकेडेमी अफ क्युलिनरी आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्डइन्टरप्रेनरसिप’ कलेजले यसलाई अवसरकोे रुपमा लिएको छ ।
१८ देखि २४ उमेर समुहका होटल व्यावस्थापनका बिधार्थीले भाग लिनसक्ने उक्त प्रतिस्पर्धाका लागी गत अक्टोबर महिनामा रजिस्ट्रेसन खुल्ला गरिएको थियो ।
यस कार्यक्रम सन् २०१५ बाट सुरु गरिएको हो ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ३० बजे