९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक बज्राचार्यको मृत्यु



काठमाडौं, १५ माघ । काठमाडौं स्वयम्भू नयाँ पूलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । शनिबार राति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्करको ठक्करबाट बा ८१ प १७८६ नम्बरको स्कुटरका चालक काठमाडौं महानगरपालिका–२४ बस्ने ५५ वर्षका नरेन्द्रमुनि बज्राचार्यको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा ज्यान गएको हो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ३३ बजे