९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीलाई विश्वसम्पदा सूचीमा राख्न २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना



पनौती शहर

काभ्रे
१७ माघ । पनौती नगरपालिका ७ पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया थालेको करिब २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना बनाउन सुरु गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन प्रणालीलाई व्यवस्थित गर्न नगरपालिका जुटेको हो ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न सरोकारवाला र समुदायस्तरमा छलफल थालिएको हो ।
सन् १९९१ मा पुरानो बजार क्षेत्रको ‘पनौती संरक्षित स्मारक क्षेत्र’ घोषणा गरिसकेको थियो । पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको विवरण अपुग भएकाले त्यसलाई पूर्णता दिँदै छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउनुपर्नेछ । आवश्यक पर्ने प्रक्रिया पूरा गर्दै अगाडि बढाउन सरोकारवाला सङ्घ÷संस्था र निकायसँग छलफल सुरु गरेको पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताएका छन् ।


“स्थानीय सरकार, सङ्घ संस्था, समुदाय सबै एकताबद्ध भएर लाग्नका लागि यो छफलको आयोजना गरेका हौँ”, उनले भने, “हिजोका दिनमा जे जति गरेर काम अगाडि बढाएका थियौँ, त्यसलाई पूर्णता दिँदै अब बाँकी कामलाई सफल पार्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।”
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा प्रमुख सुरेशसुरस श्रेष्ठले मन्त्रालयको नीतिमा भएको व्यवस्थाअनुसार सबै प्रक्रिया स्थानीय सरकारबाट पूरा गरेर पठाउनुपर्ने भएकाले सरोकारवालासँग छलफल थालिएको बताए । अहिलेसम्मको प्रक्रिया चरणबद्धरुपमा रहेको र अब व्यवस्थापनको कार्यमा सम्बन्धित सरोकारवालाको सामूहिक छलफलबाट सबैको जिम्मेवारीमा रहने गरी व्यवस्थापन योजना बनाइने उनले बताए ।

बनेपा, १ माघ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा ६ र ७ को संगमस्थल पनौती त्रिवेणीघाट क्षेत्रको मन्दिर परिसरमा सुरु भएको बाह्र बर्षमा लाग्ने मकर स्नानको पहिलो दिन शनिवार पुण्यमाता खोलामा स्नान गर्दै भक्तजनहरु । स्नान एक महिनासम्म लाग्नेछ । तस्वीर ः पेमा लामा, रासस

पनौती पर्यटक विकासका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती संरक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । उनले लामो समयको अन्तरालमा पनि पुरातत्व विभागले तोकेअनुसारको घर निर्माण गर्नुपर्ने भएकाले नक्सापास गर्न विभागको अनुमति कुर्नुपर्दा नागरिकले घर बनाउन सास्ती खेप्नुपरेको बताए ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ०४ बजे