१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपचार खर्च पछि तिर्ने गरी अस्पतालबाट मनोजले निकाले श्रीमतीको शव



काठमाडौं, १७ माघ । कीर्तिपुर अस्पतालमा रहेको रौतहटकी पुनम कुमारीको शव अस्पतालले मृतकका श्रीमान मनोजकुमारलाई जिम्मा लगाएको छ ।

लुगामा आगो सल्केर शरीरको विभिन्न भाग जलेकी २५ वर्षकी पुनम १८ पुसदेखि कीर्तिपुर अस्पतालमा उपचाररत थिइन् र उनको आइतबार मृत्यु भएको थियो । अस्पतालमा बुझाउनुपर्ने १ लाख ८ हजार रुपैयाँ तिर्न नसकेपछि मनोजकुमारले श्रीमतीको शव निकाल्न पाएका थिएनन् । अस्पतालले उनले तिर्नुपर्ने रकममा २० प्रतिशत छुट गरेर बाँकी रकम पछि तिर्ने गरी शव दिएको हो ।
अस्पतालको प्लास्टिक सर्जरी विभागको प्रमुख संयोजक हेमन्तध्वज जोशीले बिरामीको उपचार खर्चबाटै चल्नुपर्ने अस्पताल भएका कारण शुल्क लिनैपर्ने बाध्यता रहेको बताए । तर औषधि उपचारबापत तिर्नुपर्ने रकममा २० प्रतिशत छुट गरेर बाँँकी पैसा अनुकुलतामा तिर्ने गरी कागज गरेर शव परिवारलाई जिम्मा लगाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।