९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेको निलम्बन फुकुवा



काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले बलात्कारको अभियोग झेलिरहेका लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । नाबालिग बलात्कारको अभियोग लागेपछि क्रिकेट संघले लामिछानेलाई गत भदौमा निलम्बन गरेको थियो ।

असोज २० गते पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर उच्च अदालत पाटनले उनलाई कात्तिक २८ गते २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । २९ कात्तिकमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । यसैबीच क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महन्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ३७ बजे