
काठमाडौं
१९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू म अभिमन्यु नभएको र आफ्नो मौनता आजसम्म मात्र रहने बताएका छन् ।
सामाजिक सञ्जालमा खेख्दै नेता लामिछानेल भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
नगरिकता सम्बन्धमा सवोच्च अदातलले उनको विपक्षमा फैसला दिएपछि उनले गतआइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुन नागरिकता दिएका छन् ।
अदातलको फैसलापछि उनको संसद र गृहमन्त्री पद गुमेपछि पुनः गृहमन्त्रीमा नियुक्ती दिन र ६ महिनाभित्र निर्वाचित भएपछि संसदमा विजयी भइ संसद सदस्यमा निर्वाचित हुने जिकिर गर्दै लामिछाने प्रधानमन्त्रीसँग विभिन्न चरणमा छलफल गरिरहेका छन् ।
छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेता लामिछानेको पार्सपोर्ट विवाद रहेको र सर्वोच्चले पूर्णपाठ नदिएको भन्दै तत्काल गृहमन्त्रीमा पुर्नवाहली गर्न नसकिने बताएका छन् । उता सत्ता साझेदार नेकपा एमालेले सहमती अनुसार रास्वपालाई नै गृहमन्त्री दिनुपर्ने अडानमा छ । भने गृहमन्त्री नपाए आफू सत्तामा रहन नसक्ने छामिछानेले प्रधानमन्त्रीलाई जानकारी दिइसकेका छन् ।
१९ माघ २०७९, बिहिबार
0
Shares








प्रतिक्रिया