२० माघ
काठमाडौं । आसन्न नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यालयका लागि अध्यक्षसमेत रहेका रबिन्द्र खड्काले पुन अध्यक्ष पदको उम्मेद्द्वारी घोषणा गरेका छन् ।
संघको विकास र चलचित्र क्षेत्रमा बिद्यमान बेथिती कम गर्दै समग्र नेपाली चलचित्रलाई माथी उठाउने उद्देश्य राखेर नेतृत्वमा पुगेका रबिन्द्र खड्का कोभिड १९ को कारणले भने जति काम गर्न नसकेकोे भन्दै पुन स् उम्मेदवारी दिने बताएका छन् ।
उनले कार्यकालमा सुरु भएको महत्वपुर्ण कार्यहरु पुरा गर्न फेरि एक पल्ट अध्यक्ष पदमा आफुलाई जिताउन आग्रह गरेका छन्।
नेपाल चलचित्र कलाकार संघ स्थापना कालदेखि नै कलाकारकहरुको उत्थान, हित र चलचित्रको प्रबर्धनमा क्रियाशिल रही आएको र आफ्नो कार्यकालमा संघको आफ्नै भवन निर्माण गर्न सफल भएको उनको भनाई छ ।
उनले संघको भवनको ब्यबस्थापन गर्न बाकी रहेको । अन्तराष्ट्रिय क्षेत्रमा मेरोनै कार्यकालमा खोलिएको शाखाहरुलाई सक्रिय बनाउन समेत उम्मेद्वारी अपरिहार्य रहेको बरिष्ठ नायक रबिन्द्र खड्का बताउछन ।
कोभिड –१९ कोरोनाको महामारी प्रारम्भ भए देखि सबै क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि ठप्प भएको अबस्थामा लक डाउनको अवधिमा विभिन्न श्रोतबाट विभिन्न समस्या ग्रस्त कलाकारहरुलाई राहत उपलब्ध गराउने, कलाकारहरुको उत्थानमा आवाज उठाउदैं सम्पूर्ण कलाकारहरुको दुख पिडा र समस्यामा विभिन्न श्रोत साधन जुटाएर सहयोग गरेको उनको दावी छ ।
सर्बसम्मती हुन सके आफु उम्मेद्द्वारी नदिने उनको भनाइ छ ।
२० माघ २०७९, शुक्रबार
0
Shares
प्रतिक्रिया