९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सानेपामा अज्ञात गाडीको ठक्करपछि पैदलयात्रीको मृत्यु




ललितपुर
२१ माघ । ललितपुरको सानेपामा अज्ञात गाडीले ठक्करपछि पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ सानेपा पट्टीपा चोकमा हाल अल्फावेट नखुलेको गाडीको ठक्करबाट पैदलयात्री रामेछाप मथली नगरपालिका ५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने गाडीको प्रहरीले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : १६ बजे