९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर युथ कप फुटसलको उपाधि महालक्ष्मी ए द्वारा कव्जा




ललितपुर
२१ माघ । राष्ट्रिय युवा संघ ललितपुरद्धारा आयोजित ललितपुर युथ कप फुटसलको उपाधि ‘महालक्ष्मी ए’ ले कव्जा गरेको छ । ललितपुरका कुल १२ वटा टिम सहभागी उक्त फुटसल प्रतियोगितामा विजेता टिम ‘महालक्ष्मी ए ले २५ हजार नगद राशीसहितको उक्त उपाधि हात पारेको हो ।
ललितपुरको हात्तिवनमा रहेको हात्तिवन फुटसलमा सम्पन्न प्रतियोगितामा ललितपुर ‘महानगर बी’ टिम उपविजेता बन्न सफल रह्यो । फाइनलमा ‘महालक्ष्मी ए’ र महानगर बी’ बीच दुइ दुइको बराबरी खेलपश्चात् पेनाल्टी सुटआउटमा ३–१ ले महालक्ष्मी बी’ उपाधिमाथि कव्जा गनए सफल भयो । प्रतियोगितामा महालक्ष्मी बी’ र ‘ललितपुर महानगर ए’ ले तृतिय पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उपविजेता टिमले नगद रु १५ हजार तथा तृतिय टिमहरुलाई ५ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सुमन लिम्बु बेष्ट प्लेयर चयन भएका छन् भने आर्यन महर्जनले उत्कृष्ट गोलकिपरको उपाधि हात पारेका छन् । बेष्ट डिफेन्डर निरन बस्नेत चुनिएको उक्त प्रतियोगितामा सन्देश केसी ११ गोलसहित हाइ स्कोरर बन्न सफल भएका छन् । प्रतियोगिताको फेयर प्ले को उपाधि महांकाल गाउपालिकाको टिमले जितेको छ ।
ललितपुर महानगरबाट ४, महालक्ष्मी नगरपालिकाबाट २, गोदावरी नगरपालिकाबाट २, महाकांल गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका तथा आयोजकको तर्फबाट एक एक गरी जम्मा १२ टिमले प्रतिगोतिमा सहभागी जनाएका थिए । आयोजक युवा संघ ललितपुरले हरेक टिमका लागि टिम म्यानेजर चयन गरी प्रतियोगितामा संयोजन गरेको युवा संघ ललितपुरका अध्यक्ष चिन लामाले जानकारी दिए ।
प्रतियोगिताको फाइनलमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले फाइनलिष्ट प्रतियोगीता संचालन गर्ने रेफ्रीलाई फुटसल बल प्रदान गरेका थिए । कार्यक्रमको समापन समारोहमा पूर्वमन्त्री बस्नेतसहित वागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, उपाध्यक्ष कृष्णहरी केसी, महासचिव क्षितिज थेवे आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेकी पोलिटब्यूरो सदस्य तथा ललितपुर इञ्चार्ज सुशिला नेपालले गरेकी थिइन् । राष्ट्रिय युवा संघले आगामी फागुन ११ देखी १७ गतेसम्म संचालन गर्न लागेको केपी ओली कपको तयारीको रुपमा प्रतियोगिता संचालन गरेको आयोजक युवा संघ ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ३४ बजे