१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा बर्ड फ्लुः १७ सयभन्दा बढी कुखुरा नष्ट



काठमाडौं, २४ माघ । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पुष्टि भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ र तार्केश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्ड फ्लु देखिएको पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले बताए ।

कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म तथा रामकोट र तारकेश्वरको निजी फार्ममा कुखुरा र टर्की मर्न थालेपछि नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको उनले बताए ।
खुमलटारमा २ सय १७ वटा कुखुरा, २ हजार ५ सय ३० वटा अन्डा र २ सय ५० किलो दाना नष्ट गरिएको छ । यस्तै तारकेश्वरमा ९ सय ४० वटा कुखुरा र एक सय किलो दाना तथा रामकोटमा चार हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।