८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ चालक कारबाहीमा



काठमाडौं, २४ माघ । काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेतीसहितको दक्ष तालिमप्राप्त प्राविधिक टोलीद्वारा काठमाडौंको कलंकीमा एक सयकभन्दा बढी सवारी साधन चेक गर्दा ह्यान्डब्रेक ठीक नभएका, टायर धेरै घिस्रिएका २१ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो।
सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेक गरी दुरुस्त अवस्थामा रहेका सवारी साधनमात्र चलाउन सम्पूर्ण चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन्।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ४३ बजे