८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौं, २४ माघ । भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका ९ पलासेस्थित सडकमा प्रदेश २–००१ च ०४११ नम्बरको गाडीले लु ८ प ६२० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपा नगरपालिका ७ बस्ने १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो।
भक्तपुर प्रहरीका अनुसार बा २ ख ६६६९ नम्बरको बसलाई ओभरट्याक गरी जाने क्रममा उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो।

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ४७ बजे