८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘काठमाडौं शहरमा तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार’



फाइल तस्विर

काठमाडौं
२४ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताएका छन् । उनले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उनले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न बताएका थिए । यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताए ।
अहिले सरकारको देश र समाजप्रतिको कार्यभार सामाजिक र आर्थिक रुपान्तरण गरेको उनले बताए । छ दशकभन्दा बढी समय विभिन्न किसिमका सङ्घर्षको क्रममा हजारौँ शहीदले बलिदानी दिएको र बेपत्ता योद्धाको समर्पण रहेको उनले उल्लेख गरे । लाखौँ जनताको सङ्र्षपछि राजनीति परिवर्तन भएकाले अब नागरिकले महसुस गर्ने गरी विकास गर्न लागिने उनले बताए ।

आर्थिक विकास नयाँ ढङ्गबाट हुन जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । जहाँ विकास भएको छ त्यहाँ विकास नै विकास हुने र केही सीमित ठाउँमा मात्रै विकास केन्द्रित गर्नेभन्दा सबै भागमा विकास पुग्ने गरी लाग्नुपर्ने उनको भनाइ छ । उनले भने, “विपन्न वर्ग पनि लाभन्वित हुने गरी विकासका कार्यक्रम बनाउन आवश्यक छ र वातावरणलाई विकासको अङ्ग बनाएर अघि बढ्नुपर्छ ।”
राजनीतिक परिवर्तन पछाडि पनि समाजको आवश्यकता र नागरिकको अपेक्षाअनुसार विकासको फड्को मार्न नसकिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । यो अवधिमा धेरैथोरै काम गरिए पनि नागरिकलाई सन्तुष्ट बनाउन नसकिएको उनले बताए । उनले भने, “राजनीतिक परिवर्तनका कारण मेरो जीवन फेरियो भनी जनताले महसुस गर्ने गरी गर्नुपर्छ ।”
भौतिक पूर्वाधारले फड्को नमारेसम्म समग्र विकासले फड्को नमार्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपालमा विद्युत्, पर्यटन, जडीबुटी वा जनशक्ति धेरै कुरा एकसाथ सम्भावना भएकाले ठीक रुपमा प्रयोग गरेर विकासको फड्को मार्न मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

विकासको सकारात्मक कुरा स्थापित गर्न र कमजोरीलाई औँल्याउन मिडियाको भूमिका निकै रहेको उनले बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूलाई मिडियाले सधैँ सकारात्मक सुझाव दिइरहेको उनको भनाइ छ ।
खाल्डाखुल्डी पुर्ने काम मन्त्रालय एक्लैले चाहेर मात्रै गर्न नसकिने भएकाले भने पनि आठ निकायलाई एक ठाउँमा ल्याएर गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । सडक विभागले सडक मर्मत गरे पनि अरु निकायले मर्मत गर्नासाथ तत्काल खन्ने गरेकाले खाल्डा पूरै हटाउन नसकिएको उनले उल्लेख गरे । उनले भने, “मेलम्चीको एक सय वर्ष पुरानो पाइप एकातिर समस्या आयो भनेर गर्दा नजिकै अर्काेतिर खाल्डा पर्ने भइरहेको छ ।”
मन्त्रालयमा सबैले सामूहिक निर्णय गर्ने र कार्यान्वयन चाहिँ आआफ्नो जिम्मेवारीअनुसार गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन कायम गराउन, यातायात क्षेत्रको समस्या प्रदेशसँगको समन्वयमा समाधान गर्न र भौतिक पूर्वाधार क्षेत्रमा रणनीतिक नीति बनाएर लागू गर्न लागेको उनले बताए ।

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ८ : ४१ बजे