८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हेटौँडा काठमाडौँ सडक बन्द गरेर मर्मत गर्न मुख्यमन्त्रीको निर्देशन, कान्तिलोकपथ प्रयोग गर्न सुझाव




हेटौडा
२५ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो नाका हेटौँडा भीमफेदी फाखेल काठमाडौँ सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले यातायात बन्द गरेरै भए पनि भैँसे भीमफेदी र हुमाने फर्पिङ सडकखण्डको काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । सो कार्यका लागि वैकल्पिक सडकको प्रयोग गर्नुपर्दा यातायात व्यवसायीलाई सरकारले निःशुल्क रुट परमिटको व्यवस्था गर्नुको साथै परमिटको म्याद नाघेमा जरिवाना नलिने उल्लेख गर्दै उनले व्यवसायीलाई भाडादर यथावतै राख्न आग्रह गरे ।
“वैकल्पिक सडकका रुपमा कान्ति लोकपथ र थानकोट चित्लाङ मार्खु कुलेखानी भीमफेदी सडकखण्डमा यातायात सञ्चालन गर्नुपर्छ”, मुख्यमन्त्री जम्कट्टेलले भने । भीमफेदी भैँसे सडकखण्ड (११ किलोमिटर), हुमाने फर्पिङ सडकखण्ड (सात दशमलव पाँच किमी), दक्षिणकाली–छैमले सडकखण्ड (आठ किमी) र छैमले सिस्नेरी सडकखण्ड (११ किमी) को निर्माण कार्य तीव्र्ररुपमा सम्पन्न गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
बैठकमा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्ने तर काममा ढिलासुस्ती गरेको पाइएमा कारबाही गर्ने बताए ।
यसैबीच मुख्यमन्त्री जम्कट्टेलले मर्मत तीव्ररुपमा गर्न हेटौँडा भीमफेदी फाखेल काठमाडौँ सडक आगामी फागुन १ गतेबाट बन्द गरिने बताएका छन् । उनको अनुसार करिब दुई महिनाभित्र हेटौैँडाबाट काठमाडौँ जाँदा कुलेखानीन चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्ने गरी मर्मतको काम हुने भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : २० बजे