८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरका मेयर महर्जनले प्रचारात्मक समाचार नलेखेको भन्दै रोके ललितपुर खबरको विज्ञापन




२५ माघ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकाको प्रचारात्मक समाचार नलेखेको भन्दै ललितपुरको स्थानीय अनलाइन ललितपुर खबरको विज्ञापन रद्द गरेका छन् ।
केही दिनअघि विज्ञापन स्विकृत गरेका महर्जनले विज्ञापन गरेपावतको रकम नतोकी ललितपुर खबरका कर्मचारीलाई पछि आउन भन्दै पठाएका थिए । पटक पटक धाउदा दोश्रो पल्टको भेटमा उनले ललितपुर खबरले नगरपालिकाको प्रचार नगदिएको भन्दै आफैले गरेको हस्ताक्षर काटेर फिर्ता गरेका हुन् ।


गोदावरी नगरपालिकाको मुखपत्र झैं प्रचार गरिदिनु पर्ने, समाचार लेख्दा आफूलाई सोधेर मात्र लख्नु पर्ने र विज्ञापन पाउन नगरपालिकाको नरारात्मक समाचार लेख्नु नपाउने उनको भनाई थियो ।
विज्ञापन लिएर नगरपालिकाको मुखपत्र नबनाउने ललितपुर खबरको अडानपछि मेयरले त्यसो भए म विज्ञापन रद्द गर्छु भन्दै रातो कलमले केरेर फिर्ता पठाएका हुन् ।
ललितपुर खबरले सकारात्मक र नकारात्मक विषयबस्तु दुवै लेखेको तर स्वतन्त्र समाचार संस्थालाई सरकारी निकायले हस्तक्षप गर्न नमिल्ने अडानलाई मेयर महर्जनले लत्याउदै विज्ञापन रद्द गरेका थिए ।
ललितपुरको चापागाँउमा कार्यालय रहेको यस अनलाइन जनताको पक्षमा कलम चलाउदै आएको छ । महाँकाल मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ललितपुरखबर डट कम गोदावरी नगरपालिकामा समेत दर्ता गरेर कर तिर्दै आएको छ । स्थानीय सञ्चारमाध्यम भएको हर हिसावले नगरपालिकाको सूचना र विज्ञापन पाउनु ललितपुर खबरको अधिकार क्षेत्र हो ।
पत्रकारिताको मर्म वितरित स्वतन्त्र संचारमाध्यमलाई विज्ञापन दिने शर्तमा अंकुश लगाउन खोज्नु संविधान विपरित रहेको ललितपुर खबर सम्पादकीय टिमको ठहर गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : २१ बजे