८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लाजिम्पाटमा निर्माणाधिन घरबाट खसेर मजदुरको मृत्यु




काठमाडौं
२४ माघ । काठमाडौंको लाजिम्पाटमा निर्माणाधिन घरको छलबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ लाजिम्पाटस्थित निर्माणाधिन घरको सातौ तलाबाट खसेर सोही घरमा काम गर्ने दाङ राप्ती गाउँपालिका २ घर भएका ३७ वर्षीय श्रीपाल चौधरीको मंगलबार बिहान मृत्यु भएको हो । ्
खसेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हो ।
मजदुरहरुलाई सुरक्षाका साधन डोरी, हेल्मेटजस्ता सुरक्षा साधन प्रयोग नगरी काममा लगाउदा पछिल्लो समय दुर्घटनामा मजदुरहरु दुर्घटना मृत्यु हुने क्रम बढेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ३१ बजे