२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खुमलटारसहित उपत्यकाका ६ ठाउँमा बर्डफ्लु




काठमाडौं, २६ माघ । काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि किसानहरू फेरि चिन्तित बनेका छन्न् । पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा उपत्यकाका ६ ठाउँमा बर्डफ्लु पुष्टि भएको छ ।

ललितपुर–१५ स्थित खुमलटार, भक्तपुर–१० चाँगुनारायण, नागार्जुन–६ रामकोट, तारकेश्वर–१ र ७ र काठमाडौं महानगरपालिका–१० शंखमूलमा बर्डफ्लु भेटिएको हो । बर्डफ्लु नियमावलीअन्तर्गत प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइसकेको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।

उनका अनुसार ६ ठाउँबाट ५ सय वटा हाँस, ५ हजार ५ सय ३१ वटा व्यावसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ । त्यस्तै, १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तबरले नष्ट गरिएको उनले बताए । नागार्जुन र तारकेश्वर सबैभन्दा बढी प्रभावित देखिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  २ : २५ बजे