८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको लगनखेलमा १ सय जोडी बृद्धले ‘भ्यालेन्टाइन डे’ मनाउदै




ललितपुर
२७ माघ । ललितपुरको लगनखेलमा ७० बर्ष नागेका १ सय जोडी बृद्धले भ्यालेनटाइन मनाउन पाउने भएका छन् ।
यही फाल्गुन २ गते भ्यालेनटाइन डेको दिन ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी कलेजले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई भ्यालेन्टाइन डे पर्व मनाइ दिन लागेको हो ।
भ्यालेन्टाइनको दिन कार्यक्रममा सहभागि हुन मौलिक पहिरनमा सजिएर आउनु पर्ने नियम बनाइएको छ । यो दिन जोडीलाई बिभिन्न खानासँगै साँस्कृतिक मनोरन्जन प्रदान गर्ने कार्यक्रम रहेको छ ।
यही फेब्रुवरी १४ अर्थात फागुन २ गते प्रणय दिवसको अवसरमा उक्त्त कलेजले ७० वर्ष पुगेका र नाघेका सयवटा जोडीलाई साँस्कृतिक कार्यक्रम सहित रोमान्टिक डिनरको आयोजना गर्न लागेको हो । कार्यक्रममा ७० वर्ष नागेका जो कोही सहभागी हुन सक्ने बताइउको छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्दैन ।
कलेजका अध्यक्ष अशेष महर्जनले जसले हामीलाई यो धर्ति देखाए, उनीहरुसँग माया साट्ने र आशीर्वाद लिने प्रयास गरिएको बताए ।
कलेजका वरिष्ठ प्रबन्धक राम राज आचार्यले अनुसार साझको ४ बजेदेखि ७ः३० सम्म चल्ने उक्त समारोहमा भाग लिनको लागि ७० वर्ष वा त्योभन्दा माथिको उमेरका बुवाआमा आफैले वा आफन्त मार्फत फारम भर्नु पर्नेछ ।
यसका लागि बिभिन्न व्यापारिक संस्थाहरुले युवा लक्षित कार्यक्रम गर्दै आइरहेका र जेष्ठ नागरिक लक्षित यस्तो कार्यक्रम भने नेपालमा पहिलो कलेजको दावी छ ।
फेब्रोअरी १४ लाई विश्वव्यापी रुपमा प्रेम मिलनको दिनको रुपमा मनाइदै आएको छ । रोमियो र जुलिएटको कथामा आधारित रहेर उक्त दिनलाई युवा यवतीले एक अर्कामा प्रेम साटा साट गर्ने दिनको रुपमा यो प्रचलित छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ४४ बजे