८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा शनिबार दुई दुर्घटना,दुई जनाको मृत्यु




भक्तपुर
२८ माघ । भक्तपुरको छुट्टा छुट्दै दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरस्का अनुसार भक्तपुरको चागुँनारायण नगरपालिका ६ बाख्रीगाँउस्थित सडकमा नगरकोटबाट तेलकोटतर्फ जाँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं शंखरापुर नगरपालिका– ५ पालुवारी बस्ने ४० वर्षीय शंखर भोलोन तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो

यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका ७ जोरपाटीस्थित सडकमा बा.४ ख ८९१२ नम्बरको बसमा बा.९९ प ३४८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाँउपालिका ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका २ झौखेल बस्ने ३९ वर्षीया ओम कुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ०१ बजे