८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरको पर्यटकीय स्थल नागदह : फोहोरै फोहोर, अस्तव्यस्त




ललितपुर खबर
२९ माघ । ललितपुर महानगर व्यवस्थित र सुन्दर बनाएको भन्दै मेयर चिरीबाबु महर्जन भाषण गरेको बारम्बार सुनिन्छ । तर ललितपुर महानगरको २४ वडामा रहेको नागदह घुम्दा यस्तो लाग्दैन ।
महानगरको यो ऐतिहासिक सास्कृतिक स्थल फोहोरै फोहोर छ । नागदह फोहोर भएर हेर्नै नसक्ने भएकापछि स्थानीय केही युवाहरुले गतबर्ष जलकुम्भी झार निकाल्ने अभियान नै सुरु गरेका थिए । उनीहरुको अभियानमा धेरै संघसंस्थाले सहयोग पनि गरे ।
नागदह किनारमा बसेर बल्छी हान्ने युवाहरुको पनि उत्तिकै भीड हुन्छ । यहाँ साँझपख समय विताउन र फिसिङमा रुचि भएका युवाहरु फिसिङ स्टिक बोकेर बल्छी थापिरहेको देख्छ सकिन्छ । नागदहका कुनामा बसेर लागू औषध प्रयोग गर्ने गरेको नाम नलेख्ने शर्तमा एक होटल सञ्चालक बताउछन् । उनी भन्छन्, ‘यस्ता युवाका कारण हाम्रो होटल गजडी बस्ने ठाँउको रुपमा बद्नाम होला कि भन्ने डर लाग्छ ।’
यस क्षेत्रमा पर्ने महानगर २४ का वडाध्यक्ष दिनेशजंग पाण्डे यस आर्थिक बर्षमा महानगरले नागदहको संरक्षण र विकाशका लागि कुनै बजेट नराखिएको आफै स्वीकार गर्छन् । महानगरपालिकाले नागदहको संरक्षण र पर्यटन प्रर्दद्धनमा चासो देखाएको छैन । उनी महानगर र वडाको बजेटले केही पनि काम गर्न नसकिने भन्दै पञ्छिन्छन् ।


नागदहमा पछिल्लो समय बस्तीको फोहोर मिसिने क्रम सुरु भएको छ । नागदहसँगै एउटा औषधि कारखाना समेत सञ्चालन गर्न दिएपछि नागदहको भविश्य अन्धकार भएको स्थानीय दिनेश विस्ट बताउछन् । नागदहमा औषधिको रशायन मिसिएपछि यहाँको वातावरण र पर्यावरणमा कस्तो असर पर्ला ? उनको प्रश्न छ । बस्तीको बीचमा रहेको नागदहमा औषधि कारखानाको फोहोर र गम्भिर प्रकारका केमिकलहरु गएको विषयमा प्राविधिकको प्रतिवेदनको आधारमा काम गरिएको ललितपुर महानगर २४ का वडाध्यक्ष पाण्डे दावी गर्छन् । उनी नियोजित कुरा बजार आएको भन्दै पञ्छिदै आफूहरुले राम्रो काम गरेको दावी गर्छन् ।
नागदहमा कपडा धुन, धार्मिक ऐतिहासिक यो नागदहमा लुगाधुन नुहाउन र माछामा मार्न खुलेआम पाइन्छ । महानगरमा नागदहमा यसो गर्दा कुनै कारवाही हुँदैन । नागदहमा स्थानीयले कपडा धुने र नुहाउने गर्दा फोहोर भएको प्रश्नमा वडाध्यक्ष पाण्डे विकल्प नभई रोक्न नसकिने जवाफ दिन्छन् । नागदहको पुर्वतर्फ पानी खोल्ने ठाँउमा कपडा धुने ठाँउ बनाउन खोज्दै स्थानीय नै अवरोध गरेकोले नागदह फोहोर भएको भन्दै उनी निरिह जनप्रतिनिधि भएको रुपमा प्रस्तुत हुन्छन् ।


नागदहमा एक रिसोर्ट सञ्चालन गरिरहेका उमेश केसी आफूहरुले नागदहको विकाशमा काम गरिरहेको बताउछन् । उनी नागदह विकाशमा नगरपालिकाको चासो नदिएका उनकोे गुनासो छ । उनी भन्छन्, नागदह फोहोर हुनबाट बचाउन लुगा धुने ढुंगेधारा बनाउन सकिने विकल्प दिन्छन् । भन्छन्,‘ धारा बनाउन प्रपोजल लैजादा विरोध भयो । यहाँ राम्रो काम गर्न गाह्रो छ ।’
तर वडाध्यक्ष पाण्डे आफुहरुले खुलेआम रुपमा बल्छी थाप्न नदिएको उनी बताउछन् । भन्छन्,‘कहिलेकाँही आएको बेला नगरप्रहरी पनि त्यहाँ जान्छन् । हामी पनि जान्छौं ।’
नागदह सुधार समितीका अध्यक्ष सलामसिंह मोक्तान नागदहको मास्टरप्लान पुरा भएपछि सबै समस्या हुने बताउछन् । आफूहरुले नागदहमा संरचना निर्माणमा आएका अवरोध हटाउने काममा सहयोग गरिरहेको बताउछन् ।्
नागदहमा कपडा धुने धारादेखि नागदह घुम्ने फुटपाथलगायत सबै संरचना मास्टरप्लानमा रहेको बताए । उनले भने, ‘हामीले सडक निर्माणकै क्रममा धारा बनाउन खोजेको हो । विरोध भएर नबनाइएको हो । पछि बनाउछौं । नागदहमा लुगाधुन र नुहाउन पाइदैन ।’


नागदहमा स्थानीयले गुलेली प्रयोग गर्दै यहाँका चरा मारेर खाने गरेका छन् । स्थानीयले यसरी निरन्तर चरा मार्दा जलेवाजस्ता टाढाबाट आउने चराहरु कमी हुन थालेको स्थानीयहरु बताउछन् ।
महानगर र नागदह संरक्षण समितीको उदासिनताप्रति यहाँका व्यावसायी निराश छन् । उनीहरु यहाँको सडक फराकिलो र कालोपत्रे मात्रै भए नागदह आउने पर्यटकको संख्यामा उल्येखनिय सुधार हुने बताउछन् ।
नागदहनजिकै सिजि कम्पनीले जग्गा प्लटिङ गर्दा माटो बगेर नागदहमा जाँदा नागदह पुरिएको छ । नागदह जस्तो ऐतिहासिक पर्यटकीय स्थल वरपर वातावरणीय मूल्याङ्कन नगरी प्लटिङ र हाउजिङजस्ता संरचना बनाउन नगरपालिकाले अनुमती दिंदा संरक्षणर्म गम्भिर असर परेको स्थानीयहरु बताउछन् ।
योजना आयोग र पर्यटन बोर्डलगायतले नागदह वरपर पर्खाल लगाएर ७ फिटको फुटपाथ निर्माण गरिरहेको छ । काम सुरु भएको लामो समय विते पनि काम सकिएको छैन । धेरै ठाँउमा लगाएको पर्खाल समेत भत्केको छ । केही ठाँउमा जग्गा विवादका कारण काम भएको छैन ।

पछिल्लो समय काठमाडौं उपत्यका नगर विकाश समितीले नागदहको विकाश र संरक्षणका लागि मास्टर प्लान बनाएको छ । तर त्यो मास्टर प्लान अलपत्र छ ।
उपत्यका नगर विकाश समितीले नागदह पुरिएको भन्दै माटो निकाल्ने,पर्खाल मर्मत गर्ने र फुटपाथ बनाउने काम सुरु गर्न लागेको वडाध्उक्ष पाण्डे बताउछन् । वडाध्यक्ष पाण्डे नागदह सुधार समितीलाई पुर्नगठन गरेर बलियो संरचना बनाउन आफू लागेको बताउछन् । उनी दावी गर्दै भन्छन्, ‘हाम्रो होइन राम्रो मान्छे राखेर समिती पुर्नगठन गर्छु ।’
नागदह सरसफाइलका लागि दुई जना कर्मचारी राख्ने योजना रहेको उनी बताउछन् । आफूहरु नागदह महोत्सव गर्ने तयारीमा रहेको उनी बताउछन् । २०७४ सालमा समेत पाण्डे वडा सदस्य थिए । त्यस समयमा समेत नागदहलाई पर्यकीय स्थलको रुपमा संरक्षण विकाश स प्रबद्र्धनका लागि कुनै काम नभएको स्थानीयहरु बताउछन् ।


नागदह फोहोर हुँदा आफूहरुलाई नै घाटा हुने यहाँका स्थानीयले बुझेका छैनन् । जनप्रतिनिधि र स्थानीय ठूलाबडाहरुले पनि नागदह फोहोर भइरहेको विषयलाई आँखा चिम्लेर बसेका बताउछन् ।
मेयर चिरिवावु महर्जनले पछिल्ला आर्थिक बर्षमा चक्रपथभन्दा बाहिरका वडाहरुमा पुर्वाधार विकाशको सन्दर्भमा ध्यान नदिएको भन्दै वडाध्यक्षहरु असन्तुष्ट छन् । मुख्य शहरभित्र र नेवारी समुदाय लक्षित कार्यक्रमहरुमा मेयर महर्जनको ध्यान जाने गरेको र चक्रपथ बाहिरका समुदायलाई लाभ हुने परियोजनामा खासै लगानी नभएको उनीहरुको भनाई छ ।

नागदह, धापाखेल ।

महानगरको दक्षिण भेगमा रहेको नागदह धार्मिक एवं सास्कृतिक पर्यटकीय स्थल हो । हरेक बर्ष नाग पञ्चमीका दिन यहाँ राजधानी वरपरबाट हजारौं दर्शनार्थी पूजा आराधना गर्न आउँछन् ।
नागदहमा साँझ विहान सूर्याेदय र सूर्यास्ताको बेला रमाइलो देखिन्छ । यहाँ विभिन्न ठाँउबाट चरा चुरुङ्गी आँउछन् । तीनकुना फैलिएको नागदह पुरा हेर्न आकाश माथि जानुपर्छ ।
पछिल्लो समय भएको ढुंगा विग्रेका छन् । ढुंगा भए पनि चढ्ने कोही छैनन ।
साँधुरो सडक पर्यटन विस्तारमा बाधक
सातदोबाटो धापाखेल सडक विस्तार नहुँदा नागदह ओझलमा परेको स्थानीयहरुको गुनासो छ । पछिल्लो समय १४ मिटर चौडा गर्ने गरेर काम सुरु भए पनि घरको मुआव्जा वितरण नहुँदा सडक विस्तार अवरुद्ध भएको वडाध्यक्ष पाण्डे बताउछन् । उनी सडक विस्तारका लागि आफू पहल गर्दै दौडधुप गरिरहेको बताउछन् । यहाँको सडक विस्तार हुने काम भइरहेकाले मर्मत गरिएको छैन । आजकल यात्रा गर्न कठीन छ ।

 

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ५९ बजे