२४ पुस २०८१, बुधबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको एकान्तकुनामा एटिएम मेसिन तोडफोड गर्ने चार जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

ललितपुर
२९ माघ । ललितपुरको एकान्तकुनामा एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको अभियोगमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले एटिएम मेसिन तोडफोड गरी भाग्दै गरेका २ जनालाई सोही महानगरपालिका १४ महालक्ष्मीस्थान चोकबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका ९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर भिमफेदी घर भई हाल ललितपुर च्यासल बस्ने २३ वर्षीय कान्छा राम तामाङ, महोत्तरी बर्दिबास घर भई हाल ललितपुर महानगरपालिका २८ सुनाकोठी बस्ने २० वर्षीय बिश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई हाल गोदावरी नगरपालिका ठेचो बस्ने २५ वर्षीय कुशल लामा रहेका छन् ।
थप अनुसन्धानको क्रममा उनीहरु सहित ४ जनाले सोही महानगरपालिका १५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरुलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट चक्कु १ थान, क्यामेरा १ थान, फलामको रड १ थान, खुकुरी १ थान, हम्बर १ थान र एयरफोन १ थान बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : ४७ बजे