१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठैवमा स्कुटर चालक उमालाई बसले ठक्कर दिएपछि मृत्यु




ललितपुर
२९ माघ । ललितपुरको ठैवमा स्कुटरमा सवार युवती उमा सिलवाललाई बसले ठक्कर दिएपछि मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका १४ ठैव धुसलधारामा बा.४ ख ८४३९ नम्बरको बसले बा.७० प ५८८ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोदावरी नगरपालिका ३ बस्ने २५ वर्षीया उमा सिलवालको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।