११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वालाजुमा यातायात मजदुरको आन्दोलनपछि तनावग्रस्त, १० जना प्रहरी र केही आन्दोलनकारी घाइते




काठमाडौं
१ फागुन । सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आन्दोलनले उग्र रुप द्लिएपछि राजधानीको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ ।
आन्दोलनका क्रममा १० प्रहरी घाइते भएका छन् केही आन्दोलनकारी घाइते भएको र कति संख्यामा उनीहरु घाइते भन्ने संख्या खुलेको छैन ।
सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आज दिउँसोदेखि गरेको आन्दोलनले साँझमा उग्ररुप लिँदा बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो ।
नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतको नेतृत्वमा आज दिउँसोदेखि नयाँ बसपार्क, माछापोखरी, बालाजुलगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेस्र्याएर आन्दोलन गरिएको थियो । नयाँ बसपार्कदेखि गोँगबु चोकसम्मको मुख्य सडकबाट सञ्चालन हुँदै आएका बस तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका छन् ।
उक्त सडक क्षेत्र अहिले चिनियाँ कम्पनीले विस्तार गर्दैछ । व्यक्तिको निजी जग्गाबाट सञ्चालन हुँदै आएका उक्त बस तथा माइक्रोबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न खोज्दा त्यहाँका व्यवसायीले असहमति जनाएका थिए । मजदुर र व्यवसायीको आन्दोलनले साँझपख उग्ररुप लिँदा प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका कार्य गरिएको थियो । आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी विटमा आगो लगाउनुका साथै प्रहरीको दुई वटा भ्यानमा आगो लगाएका थिए ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठ आन्दोलनका क्रममा बालाजु चोकमा रहेको नेपाल प्रहरीको अस्थायी पोष्टमा क्षति पु¥याउनुका साथै दुई वटा प्रहरीको भ्यानमा आगो लगाएर क्षति पु¥याएको बताउछन् ।
साँझपख तनावग्रस्त भएको बालाजु नयाँ बसपार्क क्षेत्रमा अहिले भने सवारी साधन सञ्चालन हुन सुरु भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट ऐन तथा नियमअनुसार नै ट्राफिक जरिवाना गर्दै आएको बताउनुहुन्छ । “पहिलोपटक ट्राफिक प्रहरीको कारबाही पर्नेलाई रु ५००, दोस्रोपटक कारबाही पर्नेलाई रु एक हजार र तेस्रोपटकभन्दा माथि कारबाही पर्नेलाई रु एक हजार पाँच जरिवाना लिँदै आएका छौँ”, उहाँ भन्नुहुन्छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ०२ बजे