८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा कुखुरा फार्ममा आगलागी, ९ लाख रुपैयाँ बराबरको क्षति



फाइल फोटो

काठमाडौं, २ फागुन । भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्रोइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ । सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिइ काठमाडौं कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएको हो । आगलागीबाट कुखुराको चल्ला र फार्म जल्दा नौ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भइ अचानक आगलागी भएको उहाँले बताउनुभयो । जुद्ध वारुणयन्त्र भक्तपुरको दुईवटा दमकल र नेपाल प्रहरीको ३० जनाको टोलीले फार्मको आगो निभाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ३० बजे