८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बबरमहलबाट ३ विचौलिया पक्राउ



काठमाडौं, ३ फागुन । प्रहरीले वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलियाहरुलाई पक्राउ गरेको छ । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दुःख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्‍ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–२ बस्‍ने ३४ वर्षीय राज लामा र उदयपुरको ताप्ली गाउँपालिका ५ घर भई मध्‍यपुर ठिमी बस्‍ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ३७ बजे