८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शिवरात्रिका दिन पशुपति क्षेत्रमा यातायात प्रभावित हुने, यी हुन् वैकल्पिक रुट



काठमाडौं, ५ फागुन ।  महाशिवरात्रि पर्वका अवसरमा भोलि शनिबार गौशालास्थित पशुपति क्षेत्रमा दिनभर यातायात प्रभावित हुने भएको छ। पशुपति क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीको भीडभाड हुने भएकोले आवश्यकताअनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ। गौशालातिर जाने सवारीसाधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।

यसैगरी मालवहाक सवारीसाधानलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिनेछ। गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई अनुरोध ट्राफिक प्रहरीले आग्रह गरेको छ।

यस्ता छन् सवारीमार्ग निर्धारण

बस तथा माइक्रोबस

रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने।
रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।
कालोपुल हुँदै कपन चल्ने सवारीसाधन खानीविभाग, लाजिम्पाट हुँदै महाराजगन्जको बाटो चलाउने।
माइक्रोबस तथा टेम्पोहरु
सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।
जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने।
मालवाहक सवारीसाधनहरु

जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगन्जतर्फ जाने मालवाहक सवारीसाधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगन्जतर्फ जानुपर्ने।
कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारीसाधनहरु कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगन्ज र बौद्ध जाने मालवाहक सवारीसाधनहरु गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने।
कोटेश्वर तीनकुने हुँदै पशुपतिवरपर पुग्नुपर्ने मालवाहक सवारीसाधन तीनकुनेसम्म जान सक्नेछन्।
महाराजगन्ज, चावहिल हुँदै पशुपतिवरपर पुग्नुपर्ने मालवाहक सवारीसाधन बसुन्धारासम्म पुग्न सक्ने
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारीसाधन जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : १८ बजे