८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वीर अस्पतालमा पनि बर्न वार्ड सञ्चालन गरिने




काठमाडौैँ
६ फागुन । वीर अस्पतालमा पनि ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ ।
वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताएका छन् । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष )आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उहाँले भन्नुभयो, “अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।”
अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हन् । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए । (रासस)

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १० : ३१ बजे