८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको जयबागेश्वरीमा बसको ठक्करबाट बृद्धा अर्यालको मृत्यु




काठमाडौं
७ फागुन । काठमाडौंको जयबागेश्वरीमा बसको ठक्करबाट बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ जयबागेश्वरीमा बा.४ ख ४४५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका ३ बस्ने ८१ वर्षीया बिमलादेबी
अर्यालको शुक्रबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ४६ बजे