८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


साधुसन्तको बिदाइ गरिँदै



काठमाडौं, ८ फागुन । महाशिवरात्री पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाइ गरिने भएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
साधुसन्तको दक्षिणाका लागि आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ ।
यसैगरी महाशिवरात्रीका अवसरमा पशुपतिनाथमा सङ्कलन भएको भेटिको गणना कार्य पनि आइतबारबाट सुरु भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार गणना सक्न अझै पाँच–छ दिन लाग्नेछ । यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जनाकारी दिए । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : ४६ बजे