८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बञ्चरेडाँडा सडक मर्मतका लागि ठेक्का आह्वान



काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाले सिसडोल, बञ्चरेडाँडा सडक मर्मत गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै करबाहेक १ करोड ७४ लाख ७५ हजार रुपैयाँ अनुमानित बजेटको ठेक्का आह्वान गरेको हो ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले उपत्यकाको ल्याण्डफिल साइट जाने बाटोलाई मर्मत गर्न ठेक्का आह्वान गरेको जनाएको छ । महानगरका अनुसार बञ्चरेडाँडामा वर्षाको समयमा फोहोर बोकेर जाने टिपरहरुलाई बाटोको कारण समस्या हुने भन्दै मर्मतको काम गर्ने अहिले नै ठेक्का खोलिएको हो ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  २ : २१ बजे