८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरवारको भिमसेन मन्दिर ४ करोड ६० लाखमा पुर्ननिर्माण




ललितखबर

९ फागुन । ललितपुरको पाटन दरवारस्थित भिमसेन मन्दिरको पुर्ननिर्माण सम्पन्न भएको छ । भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको साधारण सभामा मन्दिर लगभग रु. ४ करोड ५९ लाखमा पुनर्निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा यस मन्दिर पुर्ननिर्माण सुरु गरिएको थियो । बाणिज्य संघको रु. १० लाखबाट काम शुरु गरेपछि एभरेष्ट बैंकका श्रेष्ठबाट १ करोड, ललितपुर महानगरपालिका बाट रु. १ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. १ करोडलगभग झण्डै ५ करोड ७४ लाख रुपैयां आर्थिक संकलन भएको थियो ।

मन्दिर पुनर्निर्माणमा क्रममा अप्पा, दाचिलगायतका इटा स्थानिय इट्टा उत्पादक तीर्थ महर्जन र हिरा काजी महर्जनका परिवारले सहयोग स्वरुप उपलव्ध गराएको थियो ।

ललितपुर उद्योग वाणिज्य संघका पूर्व संयोजक कल्याणकृष्ण ताम्राकारले मन्दिरको माथिल्लो तल्लाको छाना तथा मन्दिरको गर्भ गृहमा भएका सुनको मोलम्बामा लगाइएको तामाको पाताहरु निकाल्ने, मर्मत गर्ने तथा पुनः लगाउने सहयोग गरेका थिए ।

समितिका अध्यक्ष कृष्णलाल महर्जनका बुबा नायचा महर्जन (रत्नलाल) को स्मृतिमा रु. ५ लाख नगद सहित मन्दिरमा सुनको जलप लगोउनुका साथै मन्दिरमा नयां पताः एक थान समेत चढाएको थिए ।

मन्दिरको दोश्रो तल्लामा रहेको चापूजा रात्री पूजा माटोका मुर्तिहरु भीमसेन, द्रौपदी, काली तथा भैरबका मुर्तिहरु पुरानै स्वरुपमा जिर्णोद्धार गरिएको छ मन्दिरभित्र रहेको कुन्ती माताको खोपा समेत जिर्णोद्धार गरिएको छ । ।

मन्दिर पुनर्निर्माणका लागि सहयोग गर्ने ललितपुर महानगरपालिका काठमाडौं उपत्यका प्रिर्जभेसन ट्रष्ट, पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, मंगलटोल सुधार संघ, मन्दिरका गुठियारहरु तथा पुजारीहरु, पाटन दरवार हेरचाह कार्यालय, ललितपुरका सबै जातिय समाजहरु, वस्तुगत संघ, बिभिन्न संघ संस्थाहरुलाई समितीले धन्यवाद दिएको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ०४ बजे