७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लुभुुमा ग्यास विस्पोट : पाँच घाइतेको उपचारमा समस्या



ग्यास विस्पोट भएको घटनास्थल ।

ललितखबर
११ फागुन । ललितपुरको लुभुमा भएको दुखद ग्यास विस्पोटको घटनाका पाँच जना घाइतेको पैसाको अभावमा उपचारमा समस्या उत्पन्न भएको छ ।
विस्पोटनमा परेर चितवनका अमित रसाइली, ठोरीका विवेक विक, नुवाकोटका राजु सुनार, ललितपुर लेलेका ज्योति महत र भक्तपुरका सुदिप नगरकोटी घाइते भएका थिए ।
घाइतेमध्ये २ जना ललितपुर लेलेका ज्योति महत र भक्तपुरका सुदिप नगरकोटीको किष्ट अस्पतालमा उपचार भइरहेको स्थानीय गोपि कार्कीले बताए । उनले भने, ‘कारखाना मालिकको अर्थिक अवस्था नाजुक छ , उनीहरुको उपचार परिवारले नै गरिरहेका छन् ।’
पछिल्लो समय विस्पोटनमा परेर अमित रसाइली, विवेक विक, राजु सुनारको शरिर ५० प्रतिशत जलेको डाक्टरलाई उदृत गर्दै एएसके हेण्डिक्राफ्टका प्रोपाइटर पदम बहादुर सुनारले बताए । उनीहरुको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहको छ ।

विस्पोट भएको ग्यास ।

ललितपुर लुभु चाकामकलमा रहेको मूर्ति कारखानामा गत फागुन १ गते मूर्ति बनाउने क्रममा ग्याँस विस्पोट भएर पाँच जना श्रमिकहरु घाइते भएका थिए । घटना लगत्तै महानगरिय लुभु प्रहरीले घाइतेहरुको उद्दार गरेर ग्वार्कोस्थित किष्ट अस्पताल ल्याइ उपचार सुरु गरेको थियो ।
एएसके हेण्डिक्राफ्टले पाटनका विभिन्न खारखानाबाट अर्डर लिएर मूर्ति बनाउने काम गर्दै आएको प्रोपाइटर सुनारले बताए । भने हामी ज्यादै सानो काम गरेर गुजारा गर्दै आइरहेका थियौं दुर्घटनापछि समस्यामा छौं ।
घाइतेहरुको उपचारमा आर्थिक अवस्था कमजोर भएकाले गर्न नसक्ने अवस्था आएको उनी बताउछन् । भन्छन्, ‘हामी सबै काम गरेर गुजारा गर्ने श्रमिक हौं । दुर्घटनापछि उपचार गर्न नसक्ने अवस्था आएको छ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ४ : ३० बजे