२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुरानो गठबन्धन ब्युँताउने फाइनल भएको छैनः प्रचण्ड



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भइनसकेको बताएका छन्।

बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । ‘अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन’, दाहालले भने । त्यस्तै उनले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिएका छन् ।

आज भएको भेटवार्तामा माधव नेपाल र प्रचण्ड पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी थिए ।

बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।