८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरका ३२ वटै वडामा चौकीदार राखिने



काठमाडौं, ११ फागुन । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा चौकीदार राख्ने भएको छ । नेपाल प्रहरी र महानगरपालिका बीच सरकारी स्तरमै सम्झौता गरेर चौकीदार राख्ने तयारी भइरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकमा समेत उक्त विषय छलफल भएको छ ।

सम्झौता अनुसार नेपाल प्रहरीले कामको आधारमा उमेर समूह, कार्यदक्षता लगायत मापदण्ड तोकेर चौकीदार पठाउनेबारे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कार्यपालिका बैठकमा जानकारी गराएका थिए । कम्तीमा दुई वटा निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेका महानगरवासीलाई चौकीदारका लागि योग्य हुने मापदण्ड निर्धारण हुने उनले बताए । यस विषयमा मेयर बालेन्द्र (बालेन) साहले समेत सहमति जनाएका छन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : १५ बजे