१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका एक कर्मचारीले लगाए आफ्नै शरीरमा आगो, ४० प्रतिशत भाग जल्याे



प्रतिकात्मक तस्बिर

ललितपुर, ११ फागुन । विद्युत् प्राधिकरण ललितपुरका एक जना कर्मचारीले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएका छन्। मादक पदार्थ सेवन गरी प्राधिकरणको क्वाटरमा फर्किएका ती कर्मचारीले घरायसी विवादपछि आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ चुम्लुङबेसीका उद्धव पराजुलीले आफ्नो शरीरमा मट्टितेल छर्किएर आगो लगाएका हुन्। ललितपुर महानगरपालिका–५ लगनखेलस्थित विद्युत् प्राधिकरणको क्वाटरमा बस्दै आएका ४९ वर्षीय पराजुली बुधबार साँझ साढे ७ बजेतिर मदिरा सेवन गरी क्वाटरमा आएका थिए।
त्यसपछि पारिवारिक विवाद भएको र विवादपछि उनले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको ललितपुर जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

आगो लगाएको खबर पाउनेबित्तिकै प्रहरी घटनास्थल पुगेर आगलागीबाट घाइते भएका पराजुलीलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याइएको प्रहरीले बताएको छ।

उनको शरीरको ४० प्रतिशत भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।