२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगर भन्छ,‘सम्पदा क्षेत्रको इन्टरनेटको तार हटाउ’




ललितपुर
१२ फागुन । ललितपुर महानगरले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपरका इन्टरनेट र टेलिफोनका तार हटाउन अनुरोध गर्दै सूचना निकालेको छ ।
सात दिन भित्र हटाउन ती तार नहटाए कारवाही गर्ने महानगरको चेतावनी छ ।
सम्पदा क्षेत्र र पर्यटकीय मार्गमा यस्ता तारहरुले शहर कुरुप बनेको भन्दै महानगरले तारहरु हटाउन सूचना निकालेको हो ।
सूचनामा लेखिएको छ, ‘महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउनु हुन अनुरोध छ ।’
‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’ सूचनाका भनिएको छ ।
ललितपुर महानगरलाई सुन्दर र स्मार्ट शहर बनाउन टेलिफोन र इन्टरनेटको तारले चुनौती थपेको महानगरको भनाई छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  २ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।